अदालतमा बहस जारी,निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

Swoniga Online – Rosni | २०७८ आषाढ २१, सोमबार वर्गीकृत राजनीति

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस चलिरहेकै बेला निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

 त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।