add

अन्तर्वार्तामा नक्कली उपस्थित, लिखित परीक्षा दिने सक्कलीसहित दुवै पक्राउ

Swoniga Online – Rosni | २०७८ श्रावण १७, आइतबार वर्गीकृत राष्ट्रिय

लिखित परीक्षा सक्कली प्रहरीले दिएर उत्तिर्ण भएका उम्मेदवार अन्तरर्वार्तामा उपस्थित हुँदा शंकास्पद देखिएपछि दुबै जना पक्राउ परेका छन् ।

प्रहरी जवानको अन्तरर्वार्ता परीक्षामा सहभागी सक्कली र नक्कली दुबै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा अन्तर्वार्तामा सहभागी दैलेखको भगवतीमाई गाउँपालिका–२, बेस्तडाका २२ वर्षीय रोशन शाही र कार्यरत प्रहरी जवान २३ वर्षका लोबन शाही पक्राउ परेका हुन् ।

रोशनको सट्टा प्रहरी जवान लोबन शाहीले लिखित परीक्षा दिएका थिए । लिखित परीक्षा उत्तिर्ण गरेपछि रोशन शाही आफैँ अन्तर्वार्तामा सामेल भएका हुन् । अन्तरर्वार्तामा शङ्कास्पद कुरा गरेपछि उनलाई त्यहिँ केही लेख्न लगाइएको थियो । तर, लेख्न नसकेपछि सोधपुछको क्रममा लिखितमा किर्ते गरेको खुल्न आएपछि दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

रोशन शाहीले आफ्नो सट्टा लोकसेवा आयोगले लिएको प्रहरी जवान पदको लिखित परीक्षा उत्तिर्ण गराउन लोमन शाहीलाई एक लाख रुपैयाँ दिएको समेत खुल्न आएको छ ।

दुवै नक्कली परीक्षार्थीलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । गत फागुन १२ गते लोकसेवा आयोगको कार्यालय, सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा एक लाख रुपैयाँ दिएर आफू पास भएको बयानसमेत रोशनले दिएका छन् ।