add

अन्तिम दिन नेप्सेमा १६ अंकको गिरावट, १४ अर्ब ३१ करोडको कारोबार

Swoniga Online – Rosni | २०७८ श्रावण २१, बिहिबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज बिहिबार  दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.६४ अंकले घटेर तीन हजार एक सय १० दशमलब ८१ विन्दुमा थामिएको छ । 

त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि गिरावट आएको छ । आज १४ अर्ब ३१ करोड ६२ लाख  बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स लिमिटेड, कणाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये तीन कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य एक कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।    

त्यस्तै, आज छ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा युनिभर्सल पावर कम्पनी, बरुण हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रो लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।   

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको भएको छ । यस कम्पनीको आज ७९ करोड भन्दा बढीको कारोबार भएको छ ।