add

अस्पतालभित्र प्रवेश गरी डाक्टर नर्समाथि अभद्र व्यवहार गर्ने पक्राउ

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । अस्पतालभित्र प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मोरङस्थित कोशी अस्पतालमा सोमबार साँझ प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बानियाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन बिसीले स्वास्थ्यखबरलाई जानकारी दिए।