आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Swoniga Online – Rosni | २०७८ भाद्र २७, आइतबार वर्गीकृत आर्थिक

काठमाण्डौं । साताको कारोबारको पहिलो दिन (आइतबार) आज सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँ घटेको हो ।

प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघको भनाई छ । शुक्रवार सुन प्रतितोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, चाँदीको मुल्य आज शुक्रबार भन्दा तोलामा २० रुपैयाँ घटेको छ । आज प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको छ ।