आयुर्वेद सेवाकाे प्रवर्द्धन गर्न स्थानीय पत्रकारसंग अन्तरक्रिया

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १८, बिहिबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १८ माघ, आयुर्वेद सेवाकाे प्रबर्द्धन गर्ने अभिप्रायले आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले बुधबार स्थानीय पत्रकारसँग छलफल गरेको छ । केन्द्रले प्रदान गर्ने सेवा तथा आयुर्वेद उपचार पद्दतीका बारेमा जानकारी दिन अन्तरक्रिया गरिएको कार्यालय प्रमुख डाक्टर सृष्टि श्रेष्ठले जानकारी गराउनु भयाे ।

केन्द्रका प्रमुख डा. सृष्टि श्रेष्ठले केन्द्रले योग, ल्याव, स:शुल्क फार्मेसी, अकुपञ्चर तथा पञ्चकर्म (पूर्वकर्म) सेवा, स्तनपायी आमाका लागि औषधि वितरण, होटल, होमस्टे रिसोर्टका लागि योग तथा अभिमुखीकरण सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।श्रेष्ठका अनुसार सरकारले निर्धारित गरेको २३ आयुर्वेदिक औषधि यस केन्द्रबाट नि:शुल्क वितरण गरिन्छ । उनले भने “सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामाया’ यो नै हाम्रो मुख्य उद्देश्य हो ।”

पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष सागर न्यौपाने, केन्द्रका व्यवस्थापक सूर्यमान श्रेष्ठ र वरिष्ठ वैध एवं योग प्रशिक्षक जानुका बरालले आयुर्वेद उपचार, योग, आहारविहार र उपलब्ध सेवाका बारेमा जानकारी दिए । डा श्रेष्ठले “ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका–२, महालक्ष्मी नगरपालिका, कुन्ज्योसोम र महाँकाल गाउँपालिकामा नागरिक आयोग सेवा केन्द्र स्थापना गरिएको छ ।” हालसम्म सबैको पहुँचमा आयुर्वेद उपचार सेवा पुग्न नसकेको उनको भनाइ थियो । अन्तरक्रियामा स्थानीय पत्रकार तथा विभिन्न सङ्घसंस्थामा आबद्ध ३२ जना पत्रकारहरु तथा सञ्चारकर्मीहरुकाे सहभागिता थियो ।