add

उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको मृत्यु

Swoniga Online – Rosni | २०७८ श्रावण १७, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।

गाईघाट(फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको निधन कोरोना संक्रमणबाट भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ।

वडाअध्यक्ष खत्रीले मंगलबार वा बुधबार गाउँमा पीसीआर परीक्षण गराउने तयारी भइरहेको जानकारी पनि दिए ।