add

उपत्यकामा थपिए ७५१ जना कोरोना संक्रमित, तीन जिल्लामा कति छन् सक्रिय संक्रमितको संख्या ?

Swoniga Online – Rosni | २०७८ श्रावण ७, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ७५१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा कोरोना देखिएको छ। 

योसँगै तीनै जिल्लामा  सक्रिय संक्रमितको संख्या काठमाडौंमा पाँच हजार ९१६, ललितपुरमा एक हजार ६१ र भक्तपुरमा ९३५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ।

आज देशभर दुई हजार ७१४ मा कोरोना देखिएको छ भने २४ जनाको मृत्यु भएको छ।