add

उपत्यकामा ४२७ सहित देशभर थपिए १८७५ जना कोरोना संक्रमित, २९को मृत्यु

Swoniga Online – Rosni | २०७८ आषाढ २४, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२जनालाई संक्रमण पुष्टि भएको छ । 

आज देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४  पीसीआर र ५१३० जनाको एन्टीजेन  गरी १० हजार ५०४ जनाको  परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८६  हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ ।

जसमध्ये ६ लाख १५  हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२०  जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् ।