उपत्यकामा ५७२ सहित देशभर २८९२ जनालाई कोरोना संक्रमण पुष्टि, ३३५६१ सक्रिय संक्रमित

Swoniga Online – Rosni | २०७८ आषाढ १६, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । काठमाडौं उपत्यकामा आज ५७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३६, भक्तपुरमा ४७र  ललितपुरमा १८९ गरी ५७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर २ हजार ८९२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या भनेको परीक्षण गरिएकोमध्ये पोजेटिभ देखिएको दर २६ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३ हजार ५९७ जना निको भएका छन्  । बैशाख र जेठ महिनामा छुटेका गरि आज मन्त्रालयले ४१ जना मृतकको तथ्यांक सार्वजनिक गरेको छ । 

सक्रिय संक्रमितको संख्या घट्दै गएपनि संक्रमणदर अझै २५ प्रतिशतमाथि नै छ । संक्रमणदर ५ प्रतिशतभन्दा कम भएको अवस्थामा मात्रै संक्रमण नियन्त्रणमा छ भन्न सकिन्छ । अहिले देशभर ३३ हजार ५६१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७ हजार १८७ पीसीआर र ४ हजार ३८१ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ५६८ जनाको कोरोना परीक्षण भएको छ । जसमा १८ सय ८९ पीसीआर र १००३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।