एकीकृत समाजवादी संसदीय दलको नेता नेपाल चुनिए, राष्ट्रियसभातर्फ बेदुराम भुसाल

Swoniga Online – Rosni | २०७८ भाद्र १३, आइतबार वर्गीकृत राजनीति

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पार्टीको संसदीय दलको नेता चुनिएका छन् ।

संसद् भवन बानेश्वरमा आइतवार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।

 

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।