add

एमालेको केन्द्रीय समिति बैठक सुरु, को-को भए बैठकमा सहभागी

Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एक सयभन्दा केही बढी नेताहरु सहभागी भए । अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षीय नेताहरु बैठकमा सहभागी भए । तर, माधव नेपाल पक्षका नेताहरुले भने बैठक बहिष्कार गरे ।

कार्यदलबीच भएको १० बुँदे सहमति कार्यान्वयन गर्नै अध्यक्ष केपी शर्मा ओलीले आज २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक राखेका हुन् । नेपाल समूह उपस्थित नभए पनि उसको मागअनुसार आज १०औँ केन्द्रीय कमिटी बैठक राखिएको हो । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा सरकारलाई पार्टीको निर्णय विपरीत नेपाल समूहका सांसदहरुले विश्वासको मत दिएका छन् ।

साथै ओली समूहकै सांसदहरुले विश्वासको मत दिएका छन् । यसबारे जारी बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । अदालतले कारबाही गर्न नमिल्ने बताइए पनि एमालेले पार्टी निर्णय विपरीत विश्वासको मत दिने सांसदकाबारेमा कस्तो निर्णय लेला भन्ने आमचासो बढेको छ ।

बैठकमा सहभागी नेताहरु

केपी शर्मा ओली, ईश्वर पोखरेल, राम बहादुर थापा बिष्णु प्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, महेश बस्नेत, केशव बडाल, बिष्णु रिमाल, प्रदिप कुमार ज्ञवाली, छबिलाल बिश्वकर्मा, मणि चन्द्र थापा, लेखराज भाट्ट, शेर बहादुर तामाङ, किरण गुरुङ, टोप बहादुर रायमाझी, सत्यनारायण मण्डल, पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, शिव माया तुम्बाहाम्फे, कैलाश ढुङेल, शेरधन राई, दावा लामा, निरुदेवी पाल, लालबाबु पण्डित, शुसिला नेपाल, रामेश्वर फुयाल लगायत रहेका छन् ।