एमालेको महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा थपिए ८ जना नेता

Swoniga Online – Rosni | २०७८ आषाढ १६, बुधबार वर्गीकृत राजनीति

नेकपा एमालेमा साबिककै केन्द्रीय कमिटी ब्युँतिएकाे छ । बुधबार महाधिवेशन आयोजक कमिटी भंग भएसँगै केन्द्रीय कमिटीबाटै कामकारबाही सञ्चालन हुने भएको हो । बैठकले एमालेको स्थायी कमिटीमा आठ जना थप गरेको छ । एमाले र माओवादी एकीकरणपछि स्थायी कमिटीमा थप भएको आठ जनालाई अहिले निरन्तरता दिइएको हो ।

बैठकले नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थायी कमिटीमा स्थान दिएको छ भने माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापालाई स्थायी कमिटीमा समेटेको छ ।

महाधिवेशन आयोजक कमिटी निष्क्रिय भएसँगै ११ जना नेताहरूको कारबाही पनि स्वत: निष्क्रिय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।