एमालेले आज पनि अवरुद्ध गर्‍यो लुम्बिनी प्रदेश सभाको बैठक

Swoniga Online – Rosni | २०७८ भाद्र ७, सोमबार वर्गीकृत राजनीति

लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् । सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा छ । 

भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।