एमाले जिल्ला ५८ जिल्लाको परिणाम

Swoniga Online | २०७८ पौष २८, बुधबार वर्गीकृत राजनीति

नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको छैटाैं दिन बुधबार बिहानसम्म ५८ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक सुर्खेतमा अमृत बिसी र कास्कीमा मनबहादुर गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।

जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् । केहि जिल्लाहरुमा मतगणनाको क्रममा छ । दैलेखमा फर्जी मतको विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित गरिएको छ ।

यी हुन् हालसम्म निर्वाचित ५८ जिल्लाका अध्यक्ष-

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर – शरणकुमार राई

८. इलाम- महेश बस्नेत

९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा- बिन्देश्वर मण्डल

वागमती

१. धादिङ – भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडाैं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

८. स्याङ्जा – सूर्य प्रसाद गैरे

९. कास्की- मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम- नन्दराम देवकाेटा

५ जाजरकाेट – खिमबहादुर शाही

६. सुर्खेत- अमृत बिसी

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी-चक्र मल्ल

४. कैलाली- रतन थापा

५. दार्चुला- प्रेमसिंह धामी

६. बाजुरा-  कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल