add

एमाले नेताहरुको रिटमा सुनुवाइ स्थगित

Swoniga Online – Rosni | २०७८ श्रावण १५, शुक्रबार वर्गीकृत राजनीति

सांसद पदमा पुनर्बहालीको मागसहित पूर्व माओवादी केन्द्रका चार जना नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। 

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको भए पनि निवेदकका कानुन व्यवसायीको माग अनुसार पेसी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि बिहीबार पेसी तोकिएकामा सुनुवाइका लागि समय अभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको थियो। तर निवेदक पक्षका कानुन व्यवसायीले स्थगित गर्न माग गरेपछि सुनुवाइ सरेको हो।

नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।