एमाले नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण

Swoniga Online – Rosni | २०७८ श्रावण २०, बुधबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृर्गौला प्रत्यारोपण गरिएको छ । नेता खनालको बुधबार (आज) भारतको एपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको हो ।

नेता खनालको सचिवालयकाअनुसार खनालको डाक्टरद्वय अखिल मिश्र र सन्दीप गुल्गेरियाले सफलतापूर्वक मृर्गौला प्रत्यारोपन गरेका हुन् । नेता खनालको स्वास्थ्य अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

नेता खनालले लामो समययता उपचार गराउँदै आएका छन् । नेता खनाललाई सरकारले उपचार खर्चबापत ३० लाख रकम उपलब्ध गराएको छ ।