एमाले सांसदको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

Swoniga Online – Rosni | २०७८ भाद्र २७, आइतबार वर्गीकृत राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसदले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नारा लगाएका थिए । 

एमाले सांसदहरूको नाराबाजी नरोकिएपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठक स्थगित गर्नुअघि सभामुख सापकोटाले भने, ‘वादविवाद गर्‍यौँ अब संवाद गरौँ ।’ सापकाटाले आफूले संविधान, ऐन, कानून र नियमअनुसार नै काम गरिरहेको र संसदीय सर्वोच्चता कायम राखेको दाबी गरे । 

पार्टीले कारवाही गरेका माधव नेपाललगायत १४ सांसदमाथिको कारवाही नगरेर एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुखप्रति एमाले आक्रोशित बनेको छ । बुधवार र शुक्रवारको बैठकमा विपक्षीको नाराबाजीका बीच सरकारले केही अध्यादेश र विधेयक पेश गरेको थियो ।