add

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, ५ जनाभन्दा बढी घाइते

Swoniga Online – Rosni | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत राष्ट्रिय

कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।
 
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए । अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ ।