कांग्रेसमा उमेद्वारहरुका लागि शूल्क तोकियो

Swoniga Online – Rosni | २०७८ श्रावण २९, शुक्रबार वर्गीकृत राजनीति

काठमाण्डौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवारहरुका लागि दरखास्त फारमको शूल्क तोकेको छ ।

वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको बताइएको छ ।

न्युनतम वाडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्मको प्रस्ताव जारी केन्द्रिय समितीको बैठकमा पेश भएको नेताहरुले बताएका छन् ।