add

कांग्रेस क्रियाशील सदस्य : कुन प्रदेशमा कति ?

Swoniga Online – Rosni | २०७८ श्रावण १२, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विषय अझै टुंगिएको छैन । तर, टुंगिएका भनिएको आठ लाख ५२ हजार ७११ मध्ये सबैभन्दा धेरै क्रियाशील सदस्य वाग्मती

प्रदेशका छन् । क्रियाशील सदस्य दोस्रोमा प्रदेश नम्बर–१ का छन् भने सबैभन्दा कम कर्णालीमा छन् ।

आठ लाख ५२ हजार ७११ जना केन्द्रीय सदस्यको टुंगो लाग्दा वाग्मतीमा एक लाख ६ हजार १४३ कायम भएका छन् भने प्रदेश–१ मा एक लाख ७४ हजार ७८२ कायम भएका छन् ।

लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५ कायम भएका छन् भने गण्डकी प्रदेशमा एक लाख एक हजार ६३३ क्रियाशील सदस्य कायम भएका छन् ।

प्रदेश नम्बर–२ मा भने एक लाख १८ हजार क्रियाशील सदस्य कायम भएका छन् । त्यहाँका सप्तरी र बारा जिल्लाका पूरै तथा धनुषा–४ र सर्लाही–२ का नयाँ क्रियाशील सदस्यको

टुंगो नलागेकाले यो संख्या बढ्न सक्छ ।

छैटौँ नम्बरमा सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ सदस्य कायम भएका छन् भने कर्णाली प्रदेशमा ५४ हजार ५६६ क्रियाशील सदस्यता कायम भएको छ ।