add

कांग्रेस निर्वाचन समितिको रिक्त सदस्य पदमा तेजबहादुर रावल नियुक्त

Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत राजनीति

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतवार नियुक्त गरेका हुन् ।

सभापति देउवाले पार्टीको विधानको धारा १५(९) बमोजिम रावललाई नियुक्त गरेका हुन् । कांग्रेसको ५ सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोखरेल रहेका छन् ।