कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

Swoniga Online – Rosni | २०७८ भाद्र १४, सोमबार वर्गीकृत राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेसनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  सोमबार काठमाडौं महानगरपालिका- ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

‘म मेरो वडा जसले मलाई राजनीति सिकायो, आधार दियो, भरोसा दियो’, थापाले भने,  ‘१४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु।’

उनले उम्मेदावारी घोषणा गर्ने पवित्र ठाउँ आफ्नो लागि अर्को नहुने धारणा राखे। ‘मैले यहीँबाट सदस्यता लिएँ, मेरा यहाँ थुप्रै अग्रजहरु हुनुहुन्छ।’ थापाले भने ‘यस्तो पवित्र ठाउँ मेरालागि अर्को हुनै सक्दैन।’

१३ ‌औं महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिएका थिए। तर त्यसबेला कृष्णप्रसाद सिटौला समूहबाट उम्मेवार बनेका थिए।  पछि रामचन्द्र पौडेल समूहका डा.शशांक कोइराला निर्वाचित भएका थिए।