add

काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ, भदौ ८ सम्म के गर्न पाइने ? के नपाइने ?

Swoniga Online – Rosni | २०७८ श्रावण २६, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले उपत्यकामा बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ।

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार साउन २८ देखि भदौ ८ सम्मका लागि तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो।

सर्वसाधारणहरुलाई अर्को व्यक्तिसँग दुई मिटर दुरी पालना गर्न र अत्यावश्यकबिना बाहिर ननिस्कन पनि प्रजिअहरुले भनेका छन्।

पसल तथा व्यवसाय ७ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य मापदण्डहरु पालना नगरिए बन्द गरिने चेतावनी पनि प्रजिअहरुले दिएका छन्।

निषेधाज्ञाको समयमा उपत्यकामा केके गर्न पाइन्छ ? केके गर्न पाइँदैन ?