add

काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, के-के गर्न पाँइदैन ?

Swoniga Online – Rosni | २०७८ भाद्र १६, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका  सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो।

भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।

स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।