काठमाडौं उपत्यकामा ४५८सहित देशभर २ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

Swoniga Online – Rosni | २०७८ आषाढ १५, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । काठमाडौं उपत्यकामा आज ४५८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० गरी ४५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर २ हजार ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३४८जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ७२५९ पीसीआर र ४४८९ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ७४८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआरमा १७२८ र  एन्टीजेनमा ९०८ जनालाई पोजेटिभ देखिएको छ । 

नेपालमा अहिलेसम्म ६ लाख ७० हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् भने ९ हजार ७१ जनाको मृत्यु भएको छ । अहिले ३५ हजार ३१० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।