add

कुलमानविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ भदौ ८ गते

Swoniga Online – Rosni | २०७८ भाद्र ३, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सरेको छ ।

बुधबार न्यायाधीश कुमार रेग्मीको इजलासमा रहने गरी सुनुवाइ मिति राखिएको थियो । तर, बुधबार उक्त मुद्दा हेर्न नभ्याएकाले आगामी भदौ ८ गते मंगलबारलाई अर्को पेशी तोकिएको हो ।

शाक्यले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।

आफूलाई राजीनामा गर्न दवाव दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गरेका छन् ।