के एमसीसी हुन्छ ? भन्दै देउवा सरकारमाथि ओलीले गरे यस्तो प्रहार

Swoniga Online – Rosni | २०७८ श्रावण २६, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सीमा विवादको बारेमा अडान लिन नसकेको आरोप लगाएका छन्।

संयुक्त सरकार संचालनका लागि ल्याइएको साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता ल्याउँछु भनेर उल्लेख नभएको भन्दै ओलीले देउवा सरकारमाथि प्रहार गरेका हुन्।

'लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ता गरेर फिर्ता ल्याउँछु भन्नुस् न। तर किन सक्नु भएन?  लेख्न गल्ती भयो होला अब लिम्पियाधुरा, लिपुलेक, कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्नुस्‍' ओलीले देउवालाई भने।

यस्‍तै, उनले एमसीसीका बारेमा पनि देउवा सरकारलाई प्रश्न गरे। 'जनता सोध्दैछन्। एमसीसी के हुन्छ ? सभामुख महोदय तपाईं के गर्नुहुन्छ। सरकार सँग मत छ। पास गरेर देखाए भइहाल्यो नि' उनले भने।