क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना पक्राउ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं/ १६ माघ, क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ७ जनालाई पक्राउ गरेको छ। अवैधरूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत् जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्सजस्ता खेल खेलाइरहेको सूचनासँगै प्रहरीले यो गिरोहको खोजी गरेको थियो। नेपालमा कुनै पनि अनलाइन जुवा खेल्न कानुनले बन्देज गरेको छ। पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन्।