add

गाँजा तस्करीमा संलग्न प्रहरीसहित चारजना पक्राउ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत राष्ट्रिय

विराटनगर/ १६ माघ, गाँजा तस्करी गरेको आरोपमा प्रहरी सहायक हवल्दारसहित चारजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१० तीनटोलियाबाट १२१ किलो गाँजासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रवीन्द्र चौधरी, विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजवंशी र विराटनगर–१३ का २४ वर्षीय रामअवतार साह छन् ।  पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक लाख ४५ हजार रुपैयाँ, केही भारतीय रुपैयाँ, एउटा मोटरसाइक र एउटा भ्यान बरामद गरेको छ । उनीहरुले विभिन्न स्थानबाट गाँजा ल्याएर संकलन गर्ने गरेको तथा भारततिर तस्करी गरी लैजाने गरेको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।