add

गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

Swoniga Online – Rosni | २०७८ श्रावण १३, बुधबार वर्गीकृत राष्ट्रिय

गुल्मी जिल्लाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ। जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो।

दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ७ जना घाइते भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।

जिपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरुलाई सदरमुकाम तम्घासमा उपचारका लागि लगिएको छ।