add

ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत आर्थिक

नेपाल वायुसेवा निगमले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ ।यसअघि पर्यटन मन्त्रालयले निगमलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भन्दै नवीकरण नगर्ने जनाउ दिँदै आएको थियो ।

तर, अन्तिम समयमा आएर प्राधिकरणले पाँच वर्षका लागि पुनः निगमलाई नै दिएको हो ।सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आर्थिक अवस्था कमजोर भएको भन्दै स्वतः समय थप गरेको प्राधिकरणले निगमलाई नै स्वतः म्याद थप गरेको हो ।

हिमालय एयरलाइन्सलाई ‘सेल्फ’ ग्राउन्ड ह्यान्डलिङ सेवामार्फत पर्यटन मन्त्रालयले ग्राउन्ड ह्यान्डलिङ सेवा निगमबाट खोस्ने कोसिस गरेको थियो ।

सरकारले संकटको समयमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पर्ने गरी पूर्वाधार नै खडा नगरिसकेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिन लागिएको भन्दै निगम नेतृत्वले विरोध गर्दै आएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा एयरलाइन्सले उडान गर्छन् । जसमा विगतमा ४० वर्षअघिदेखि नै थाई एयरवेज र एयर इन्डियाले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् ।