चार दिनपछि खुलेको सेयर बजारमा नेप्से दोहोर अंकले घट्यो

Swoniga Online – Rosni | २०७८ भाद्र ८, मंगलबार वर्गीकृत आर्थिक

साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मंगलबार बिहानैदेखि खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो । 

बजारमा जलविद्युत समूहमा सबैभन्दा बढी ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट आएको छ । सो समूहको १४ ओटा कम्पनी नकारात्मक देखिएका छन् । यो समूहका ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि घट्न पुगेको छ ।

मंगलबार विकास बैंक समूहको परिसूचकमा पनि २४४ अंकले गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा करिब २० अंकको गिरावट आएको छ । 

मंगलबार सबै समूहमा उच्च गिरावट आउँदा  फाइनान्स र निर्जीवन बीमा समूहको परिसूचक भने बढ्न पुगेको छ । मंगलबार २२५ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भई १६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।