add

जनगायक श्रेष्ठ र बरिष्ठ गायक वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १३, शनिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ १३ माघ, जनगायक भृगुराम श्रेष्ठ र वरिष्ठ गायक योगेश वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । श्रेष्ठको १३ औं दिनको पुण्य तिथि र वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो । सभामा जनगायक भृगुराम श्रेष्ठको बारेमा लोकप्रिय कलाकार तथा नेवाः अगुवा पवित्र कसाले प्रकाश पार्नुभएको थियो । अर्का वक्ता नेवाः पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष तथा ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिका संयोजक सुरजबीर बज्राचार्यले वरिष्ठ गायक योगेश वैद्यको योगदानको चर्चा गर्नुभयो ।
पहिको युवा क्लव, हलिं नेवाः दबू नेपाः देय् मू कवः, नेवाः देय् दबू काठमाडौं १६ र १७ वडा, नेपाः सेवा पुचः र म्हय्पि महिला समाजको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
वल्र्ड नेवाः अर्गानाइनेशन नेपाल च्याप्टरका कार्यसमिति सदस्य उत्तम श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ ‘क’का सभासद् बसन्त मानन्धर, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, राजनीतिकर्मी तथा समाजसेवी सिर्जना सिंह श्रेष्ठ, वरिष्ठ सिने पत्रकार बिजयरत्न असंबरे अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । सभा काठमाडौं १६ स्थित लेखनाथ साहित्य सदनमा सम्पन्न भएको हो ।