जसपाको केन्द्रीय कार्य समिति बैठक सुरू

Swoniga Online – Rosni | २०७८ भाद्र १, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक शुरू भएको छ। काठमाडौंको कालिकास्थानमा मंगलबारदेखि दुई दिनका लागि बैठक आह्वान गरिएको जसपाले जनाएको छ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाए पछिको पहिलो बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएको जसपाले दाबी गरेको छ।