ज्वाला संग्रौलाको हिरासत यात्रा लम्बिदै

Swoniga Online – Rosni | २०७८ आषाढ १८, शुक्रबार वर्गीकृत राष्ट्रिय

बिबादित बोलीले प्रहरी हिरासतमा पुगेकी ज्वाला संग्रौला थप बिबादित बन्दै गएकी छिन। रंगभेदी टिप्पणी, कुटपिट र सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेकी ज्वाला भनिने टीका संग्रौलाविरुद्धको अनुसन्धानका लागि आज चौथोपटक म्याद थपको तयारी भएको छ । 

अनुुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिने तयारी भएको हो । सत्तारुढ दल नेकपा ९एमाले० निकट नेत्री खुश्बु घिमिरेसँग भएको विवादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीनजनालाई असार ६ गते पक्राउ गरेको थियो । उनीसँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका हुन् । सुरुमा उनीविरुद्ध अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

सामाजिक सञ्जालमा एकअर्काविरुद्ध उनीहरुले लेखेका विषयमा विवाद भएको थियो । विवादकै बीच उनीहरु महानगरीय प्रहरी वृत्त गौशाला पुगेका थिए । सोही क्रममा दुवै पक्षबीच प्रहरी कार्यालय परिसरमै हात हालाहाल भएको थियो ।