add

झिनो अंकले बढ्यो नेप्से, १२ अर्ब १० करोडको कारोबार

Swoniga Online – Rosni | २०७८ श्रावण १७, आइतबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको बृद्धि आएको छ । आज नेप्से १.२६ अंकले बढेर तीन हजार८१ दशमलब ७ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज १२ अर्ब १० करोड ३८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात समूह बाहेक अन्य सबै समूह बढेका छन् ।      

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।   

त्यस्तै, आज लक्ष्मी इक्युटी फण्डको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।