add

झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन शिलन्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत राष्ट्रिय

नुवाकोटको बेलकोटगढी नगरपालिका देउरालीमा सम्पदा संरक्षणको अभियानअन्तर्गत सामुदायिक भवन शिलन्यास गरिएको छ । वडा नं ६ नेपालथोकमा झिल्टुङ नेपाल समाजको पहलमा झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।

बुधबार भवन शिलन्यास गर्दै बाग्मती प्रदेश सांसद केशवराज पाण्डेले झिल्टुङ क्षेत्रको सम्पदा संरक्षणका लागि सामुदायिक भवनले ठूलो योगदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।

ऐतिहासिक महत्व बोकेको झिल्टुङ क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनका लागि स्थानीयले गरेको प्रयास सह्रानिय रहेको उल्लेख गर्नुभयो ।
 
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय अध्यक्ष तथा कृषि विकास बैंकका सिइयो अनिल उपाध्याय, नेपाल नेपाल वंशज परिषद्का केन्द्रिय उपाध्यक्ष तथा प्रोफेसर डा. शैलेन्द्र प्रकाश नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय महासचिव समिर नेपाल, केन्द्रीय सदस्य कुवेरमणी नेपाल लगायतले भवन निर्माणका लागि स्रोत साधन जुटाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भवन निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने झाँकी तथा साँस्कृतिक प्रस्तुती गरिएको थियो ।