add

टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत आर्थिक

हेर्दा पहिलकै अपाचे जस्तो देखिए पनि यसमा धेरै परिवर्तन गरिएको छ, जसले गर्दा यो सेगमेन्टकै पावरफुल बाइक बनेको छ । टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च भएको छ । 

बाइकमा पहिलेकै १५९.७ सीसी, फोर भल्व, आयलकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ९२५० आरपीएममा १७.६३ पीएस पिक पावर र ७२५० आरपीएममा १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यो भन्दा पहिले बजारमा उपलब्ध बीएस६ मोडलको अपाचे १६० फोरभीले ८२५० आरपीएममा १६.०२ पीएस पिक पावर र ७२५० आरपीएममा १४.१२ एनएम टर्क जेनेरेट गर्छ । यसको अर्थ पावर १.६१ पीएस बढेको छ भने टर्क ०.६१ एनएम बढेको छ । पावर करिव १० प्रतिशत र टर्क करिव ४.३ प्रतिशत बढेको छ ।

पावर बढेको कारण यो बाइक यो सेगमेन्टमा सबैभन्दा पावरफुल बाइक बनेको छ र पल्सर एनएस१६० लाई समेत जितेको छ । पल्सर एनएस१६० ले १७.२ पीएस पावर दिन्छ । यद्यपि यो सेगमेन्टमा रहेका यामाहा आर१५ र एमटी१५ लाई भने अझै भेट्न सकेको छैन ।