डीपीको ‘बन्छ तिम्रै नाम’ सार्वजनिक

Swoniga Online – Rosni | २०७८ श्रावण ६, बुधबार वर्गीकृत कला

काठमाडौं । नवगायक बुद्ध घ्लान र नवगायिका मुना वाइवाको नयाँ गीत ‘बन्छ तिम्रै नाम’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन छ ।

गीतको भिडियोमा गरिमा शर्मा र कुन्साङ बमजनको अभिनय छ । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ । भिडियोमा डस म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।