add

तीन कम्पनीले एक अर्ब ५७ करोड बराबरको आईपीओ निष्कासन गर्दै

Swoniga Online – Rosni | २०७८ श्रावण १५, शुक्रबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग-अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस

उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न

साउन ११ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

ती तीन ओटै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि ती कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।