add

देशभर थपिए २ हजार २९९ संक्रमित, ३४ को मृत्यु

Swoniga Online – Rosni | २०७८ आषाढ १८, शुक्रबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ५६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी जम्मा १० हजार ५९६ को कोरोना परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये पीसीआर विधबाट १ हजार ३९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ३ हजार ४५१ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३ हजार ६ सय जना संक्रमित निको भइसकेका छन् । अहिले देशभर २९ हजार २७४ जना सक्रिय संक्रमित रहेका छन् ।