दोहोरो अंकले घट्यो नेप्से, २० अर्ब ४९ करोडको कारोबार

Swoniga Online – Rosni | २०७८ भाद्र ३, बिहिबार वर्गीकृत आर्थिक

काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेको छ । ०.५७ प्रतिशतले घटेर नेप्से ३१८०.७८ बिन्दुमा पुगेको हो । पाँच समूहबाहेक सबै समूहका परिसूचक कमजोर छन् । जीवन विकास लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

२० अर्ब ४९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ८८ हजार १७ पटकको कारोबारमा तीन करोड नौ लाख कित्ता सेयर किनबेच भएको छ । अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार एक अर्ब रुपैयाँभन्दा बढी छ ।