दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडको कारोबार

Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत आर्थिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ ।  आज नेप्से १३.८० अंकले बढेर दुई हजार नौँ सय ९४ दशमलब ४२ विन्दुमा पुगेको छ । 

त्यस्तै आज कारोबार रकम पनि लयमा फर्किएको छ । आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि नेप्सेमा ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।    

त्यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।