नयाँ दल दर्ता गर्न माधव नेपालसहित नेताहरु निर्वाचन आयोगमा

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत राजनीति

काठमाडौँ । एमालेबाट विधिवत रुपमा अलग्गिने तयारीमा पुगेका माधव नेपालसहित माधव नेपाल पक्षका नेताहरु बुधबार निर्वाचन आयोग पुगेका छन्।

माधव नेपाल पक्षको दलको नाम नेकपा एमाले समाजवादी दर्ता रहनेछ भने चुनाव चिह्न ‘खुला किताब’ रहने भएको छ। माधव नेपाल निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग भेट गर्न उनको कार्यकक्षमा पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशतमा दल विभाजनको प्रावधानसहित अध्यादेश जारी गरेपछि माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई दर्ता फुटाउन सजिलो भएको हो।