नारायणकाजी देखि भाउन्न भएका प्रचण्डले यसकारण स्थगित गरे बैठक

Swoniga Online – Rosni | २०७८ श्रावण १८, सोमबार वर्गीकृत राजनीति

सत्तारुढ गठबन्धन मध्येको एक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित गराएका छन् । आइतबार नारायणकाजी श्रेष्ठको घरमा बसेको बैठकमा मन्त्री छान्ने अधिकार आफूलाई दिन आग्रह गरेका प्रचण्डले सोमबारको बैठक स्थगित गराएका हुन् ।

आइतबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले बैठकबाटै सर्वसम्मतीले मन्त्रीहरुको नाम पठाउनु पर्ने बताएपछि रिसाएका प्रचण्डले विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गराएका हुन् ।

‘मन्त्री छान्ने अधिकार आफूमा माग्नु भएको थियो तर बैठकले त्यसो होइन भोलि नै बैठक बसेर मन्त्री छानौं भनेका थियौ, आज बैठक स्थगित भयो’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने ।

उनका अनुसार पार्टीभित्र मन्त्रीका आकांक्षीहरु धेरैजना रहेको र त्यसमा पनि प्रचण्ड निकटका नेताहरुले बढी नै दबाब दिएपछि प्रचण्ड दबाबमा रहेका थिए । यसपटक देवेन्द्र पौडेल, हरिबोल गजुरेल, अमनलाल मोदी, सुदन किराती, जयपुरी घर्ती मातृका यादव लगायतलाई मन्त्री बनाउनुपर्ने बाध्यता रहेको भएपनि प्रचण्डलाई सुदुरपश्चिमबाट बुहारी विना मगर प्रचण्डैकै प्रिय पात्र चुडामणी खड्कालाई पनि मन्त्री बनाउन दबाब परेको छ ।

यता नारायणकाजी श्रेष्ठ आफै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने लाइनमा छन् । त्यसो नभए लिलामणी श्रेष्ठ वा शशी श्रेष्ठ मध्ये एकलाई मन्त्री बनाउनु पर्ने उनको तर्क छ । गिरिराजामणी पोखरेललाई दोहोर्याउन चर्चा पनि चलेको छ । ‘साथीहरु सबैलाई मन्त्री चाहिएको छ’, आइतबारको बैठकमा प्रचण्डले भनेका थिए । 

एक स्थायी समिति सदस्यका अनुसार, पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्री देउवासँग गम्भीर छलफल गर्नुपर्ने देखिएको भन्दै सोमबारलाई तय गरिएको बैठक स्थगित गरिएको हो । सरकारमा सामान्यतः कुन कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा छलफल भएपनि कुन कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।

पछिल्लो समय माओवादीले नियुक्ति र सरुवामा प्रधानमन्त्रीलाई दबाब दिन थालेपछि आन्तरिक रुपमा सत्तारुढ दलहरुबीच खटपट सुरु भइसकेको छ । माधव नेपाल समूह सरकारमा नजाने भएपछि सरकारमा कम्युनिष्टहरुको बहुमत नपुग्ने र त्यहाँ प्रभाव पार्न नसक्ने भन्दै प्रचण्डले आफूहरुले महत्वपूर्ण मन्त्रालय लिनुपर्नेमा उनको जोड थियो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा व्यक्त गरेपनि पार्टीभित्रबाट उनको विरोध भएको थियो । उनको सट्टा गोरखाबाट अर्को व्यक्तिलाई मन्त्री बनाउनु पर्ने दबाब पनि प्रचण्डलाई परेको छ । प्रधानमन्त्री देउवाले आइतबार नै मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएको भएपनि आइतबार माधव नेपालको आग्रहमा रोकिएको थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग मन्त्रिको नाम दिन आग्रह गरिरहेका छन् । नारायणकाजी बैठक स्थगित भएपछि भाउन्न भएका छन्।