add

निषेधाज्ञा थप्न उपत्यकाका सिडिओको बैठक बस्ने, विद्यालय सञ्चालनको मोडालिटी सार्वजनिक गर्ने तयारी

Swoniga Online – Rosni | २०७८ भाद्र १६, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमणदर स्थिर रहेकाले निषेधाज्ञा थप गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणबारे समीक्षा भएपछि निषेधाज्ञा थप गरिने जानकारी दिए । 

‘‘अन्य नगरपालिकामा संक्रमणदर कम हुँदै गए पनि काठमाडौंमा स्थिर रहेको छ । जनसंख्याको चाप पनि उत्तिकै छ । त्यसैले तत्काल विद्यालय सञ्चालन हुने सम्भावना कम छ,” प्रजिअ निरौलाले भने, ‘‘छलफल भइरहेको छ । छलफलपछि सिडियो बैठकले औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।”

संक्रमणदर कम भएका नगरपालिकाका विद्यालयहरु क्रमशः खुल्दै गएका छन् । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजेपछि सबै किसिमका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको थियो । एकसाताका लागि थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।