नेपालकै ठूलो तरकारी बजार सञ्चालनमा

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत आर्थिक

काठमाडौ । नेपालकै ठूलो तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा ३२ करोडको लगानीमा हालसम्मकै नेपालकै सवैभन्दा ठूलो आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आएको हो । सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार शिबरात्रीदेखि सञ्चालनमा आएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो । २०७५ सालको फागुनदेखि निर्माणको तयारी सुरु गरिएको थियो । निर्माण सुरु भएको दुई वर्षपछि अर्थात् यही फागुन महिनाबाट बजार सञ्चालनमा ल्याइएको हो । अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा अहिले बजार बुकिंगको काम पनि भइरहेको  छ । 

कृषि बजार आधृनिक रुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्धार र बाहिर निस्कनका लागि छुटाछुटै दुई वटा प्रवेशद्धारको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्धार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । साथै त्यहाँं पार्किगको पनि व्यवस्था छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी गराए । ‘फागुनको अन्तिम हप्तादेखि बजार सञ्चालनमा ल्याउने योजना अनुसार बजार सञ्चालनमा ल्याएका छौ, उनले भने, अहिले अनौपचारिक रुपमा सुरु गरी अर्काे बर्षको बैशाखमा कृषि मन्त्रीज्यूबाट उदघाटन गराई औपचारिक रुपमा बजारको सुरुवात गर्ने योजनामा छौं ।’

बजारको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुन समय लाग्ने उनले बताए । अहिलेका लागि तरकारी बजार सञ्चालनमा ल्याएको उनको भनाई थियो । बजारमा माछामासु तर फलफुब बजार बनाउन बाँकी रहेको उनले बताए । बजारलाई अहिलेसम्मकै सवैभन्दा व्यवस्थित बजारको रुपमा अगाडि बढाउने योजना रहेको उनले बताए ।

बजोरभित्र साढे सात सय स्टलहरु रहेको छन । बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि गर्ने जनाइएको छ । ।

काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ । यो पूर्वी नाकाबाट आउने सवै तरकारीहरु यही पुरयाएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुयाउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ । कृषकहरुको बाहुल्यता रहेको जिल्लामा अहिलेसम्म व्यवस्थित कृषि बजार वन्न सकेको थिएन ।

सम्झौनेपालकै ठूलो तरकारी बजार सञ्चालनमा  

सम्झौता 

सूर्यविनायक हरित कृषि थोक बजार प्रालिका प्रोपाइटर श्री राकेश प्रसाई (पहिलो पक्ष) र श्री कृष्णराम किसी (दोश्रो पक्ष) वीच यो सम्झौता गरिएको छ । 

सम्झौता अनुसार श्री कृष्णराम किसीलाई कृषि बजारको सकारात्मक प्रचार प्रसारको जिम्मेवारी दिइएको छ । यसका लागि श्री कृष्णराम किसीले विभिन्न पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन सञ्चारमाध्यमहरुसँंग सहकार्य गरी सकारात्मक प्रचारप्रसारको काम गर्नुपर्नेछ । 

यसबापत पहिलो पक्षले दोश्रो पक्षका श्री कृष्णराम किसीलाई प्रति महिना १० हजार (अक्षेरुपी १० हजार) मात्रै उपलव्ध गराइनेछ । 

यो सम्झौता २०७७ चैत १ गतेदेखि लागू हुनेछ । 

सम्झौता पहिलो चरणमा एक वर्ष अर्थात् २०७८ चैत ३० गतेसम्मका लागि मात्रै लागू हुनेछ । त्यसपछि दुवै पक्षको सहमतिमा म्याद थप गर्न सकिनेछ ।  