add

नेपालमा कोरोना : २४ घण्टामा ३८९९ संक्रमित, २० जनाको मृत्यु

Swoniga Online – Rosni | २०७८ श्रावण १२, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ । नेपालमा थप ३८९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७२६ र एन्टीजेन परिक्षणबाट ११७३ गरि

कुल ३८९९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७७४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४७५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १३२ र ललितपुरमा १६७ संक्रमित थपिएका छन् ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा १७७८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.४ रहेको मन्त्रालयले जनाएको छ ।

 

देशभर अहिले ३५६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १२६५५ पिसिआर र ४८६३ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ८३६ पुगेका छन् ।

 

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ८९८ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ९३८ रहेका छन् । त्यस्तै अहिले नेपालमा ६११ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ ।