नेपालसहित १४ सांसदलाई पद मुक्त गर्न निर्णयसहित एमालेले पठाएको पत्र सभामुख समक्ष पेश

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत राजनीति

काठमाडौँ । माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित एमालेले बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन् । एमालेले सो पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो ।

प्रतिनिधसभाका माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो। मंगलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको हो।